अकविता २
लोडसेडिङ उत्सव मनाउँदै छ देशलोडसेडिङ उत्सव मनाउँदै छ समयलोडसेडिङ उत्सव मनाउँदै छ मान्छेम सम्पदा रुने देशको नागरिकलोडसेडिङ मुस्कुराउने देशको बासिन्दा महरेक दिन गौरवले छाती फुलाइरहेछु।
लोडसेडिङ रोएका कम्प्युटरहरूफ्यानहरूट्युबलाइटहरूबल्बहरूजेनेरेटर हाँसो हाँसेर रमाउँछन्इन्भर्टरहरू बस्ती चाहार्छन्घुम्छन् घुम्छन् र थन्कन्छन्लोडसेडिङले चार्ज नबाँढेरसमयजस्तैजिन्दगीजस्तैमान्छेजस्तै।
बाटोकुबाटो उभिएरलोडसेडिङ हाँस्छन्भट्टीपसलहरूरेडलाइट एरियाहरूकालो बजार गर्नेहरूअन्धकारमा चोख्याउँछन्आफ्नो कुरूप अनुहारअन्धकारमै हाडनाता करणी गर्छउन्मत्त समयचेलीबेटीको हारगुहारअन्धकारको ब्लुजमा हराउँछ।
हाँस्नुको सीमान्त मजासम्मपग्लँदै मैनबत्तीहरू वेदना बल्छन्क्रमशः ऊर्जा गुमाउँदै गएकानिरीह ब्याट्रीहरूको मौन पीडाधावा बोल्छ विज्ञानमाथिअन्धकार एउटा हरर फिल्म बनेरनाच्छ मान्छेका आँखाहरूमार देखाउँछ आफ्नो उन्मत्त पुरुषार्थ।
हाम्रा धाराहरूमा हावा आउँछपानीका बदलामाउज्यालो सञ्चारका नाममाअँध्यारोमा ठिङ्ग उभिने बिजुलीका पोलहरूतारहरूट्रान्सफर्मरहरूमिटरबोर्डस्विचबोर्डस्विचहरूफ्युजहरू।हो, फ्युजहरू :जो कहिलेकाहीँ जाने पनि गर्छन्इज्जतका फ्युजजिन्दगीका फ्युजमान्छेका फ्युज।
भुत्रो कविता लेख्नु !समय औँलो ठड्याउँछखबरदार ! विरोध लेख्लास्मान्छे चेतावनी दिन्छबाँच्ने रहर पुग्यो कि क्या हो?जिन्दगी गर्जन ललकार्छओइ ! ओइ !! ओइ !!!कवि मौन छशान्त छस्थिर छहिमाल हेर्छ कविताको अन्वेषणमापहाड पर्गेल्छ कविताको अनुसन्धानमातराईमाथि शोध गर्छ कविताकै खोजकार्यमाअहँ कविता छैन कतैखुइलिएको हिमालमाछैन शुभ्रताकहाँ भेटोस् बिम्ब कविलेमक्किएको/भत्किएको हिमालमाछैन सौन्दर्यकहाँ भेटोस् बिम्ब कविलेभोक ओडेर निदाएको तराईमाछैन हरियालीकहाँ भेटोस् बिम्ब कविलेबिम्बहरूको खोजीमाप्रतीकहरूको अन्वेषणमाबर्सौँ भौँतारियोर फर्क्यो मेरो कवितर कविता लेख्न बिर्सेर।
गाग्राहरू छन्पानी छैनटाउकाहरू छन्सिरानी छैनपात्रहरू छन्कहानी छैनबैँसहरू छन्जवानी छैनमान्छेमा मान्छेको निसानी छैनबँचाइ छजिन्दगानी छैन।
र त यति बेलागरिरहेछन् :गाग्राहरू पानीको विज्ञापनगरिरहेछन् :टाउकाहरू सिरानीको विज्ञापनगरिरहेछन् :पात्रहरू कहानीको विज्ञापनगरिरहेछन् :बैँसहरू जवानीको विज्ञापनगरिरहेछन् :मान्छेहरू निसानीको विज्ञापनगरिरहेछन् :बँचाइहरू जिन्दगानीको विज्ञापन।
मञ्च चढेर उर्लेका आश्वासनहरूसौँसाँझै लुटिएका रासनहरूचोकहरूमा रामलीला देखाइरहेका शासनहरूच्यातिएका तनहरूभाँचिएका मनहरूलुटिएका जोवनहरूखोसिएका गाँसहरूलुटिएका बासहरूमुर्झाएका आशहरूघिटिकघिटिक सासहरूनिःशुल्क बाँढिएका त्रासहरूआतङ्क बोकी हिँड्ने बतासहरूहेरिरहेछन्। हेरिरहेछन्। हेरिरहेछन्।बुझिरहेछन्। बुझिरहेछन्। बुझिरहेछन्खेपिरहेछन्। खेपिरहेछन्। खेपिरहेछन्आँखाहरू छैनन्। मस्तिष्कहरू छैनन्मनहरू छैनन्। विचारहरू छैनन्नभएका आँखाले हेर्नु छनभएका दिमागले सोच्नु छनभएका मनका कुरा गर्नु छकतै नभएका निर्विचार विचारहरू पोख्नु छर लेख्नु छ एउटा अकविता।
आऊ एउटा अकविता लेखौँअकविता :जो आफैमा केही होइनसमयको रिक्तताजस्तोआऊ एउटा अकविता पढौँअकविता :जो कहीँ कतै केही छैनआकाशको शून्यताजस्तोआऊ एउटा अकविता भोगौँविसङ्गत समयजस्तोनिस्सार जिन्दगीजस्तो।
आऊ दर्शन गरौँ सबै मिलेर एउटा अकविताकोअकविता जसको आकार छैन। आकृति छैनयो तँजस्तो छैन। तिमीजस्तो छैन। तपाईँजस्तो छैन।हजुरजस्तो छैन। मजस्तो, हामीजस्तो सबैसबैजस्तो छैन।यो समयजस्तो छैन। मान्छेजस्तो छैन।जिन्दगीजस्तो छैन।
किनभने यसको कुनै जातित्व नै छैन।किनभने यसको कुनै अस्तित्व नै छैन।