यात्रामा

खुइलिएर गएको अनुहारको चमकचोइटिएर झरेका हाँसोका टुक्राहरूबिर्सेर गन्तव्ययताउता हावामा बरालिँदै उडेका सपनाका बुट्टाहरूकसका हुन् ?

कसले मिसायो हावामा जीवनको सुवास ?पानीले ल्यायो कताबाट जीवनकै रङ ?जिन्दगीकै जस्तो लय र ताल कहाँबाट चोरे चराहरूले ?कसका ओठबाट लुट्यो हिमालले स्निग्ध हाँसोका फोहोरा ?आखिर कसले भगायो मान्छेबाट मान्छेलाई ?

आँखाभरि अझै हाँसिरहेछ खित्का छाडेर प्रकृतिसबैलाई उछिन्दै कल्कलाएकै छन् झरना र खोलाहरू पनिहिमाल मुस्कुराएकै छ―सधैँ जस्तो मान्छेका मुस्कानहरू खोसेरकिन मान्छे मात्रै मौन उभिएको देखिन्छ–दुखैदुखको समुद्रछेउ एक्लै एक्लै ?पर्खेर मात्र– आइहाल्छन् किआउँदा रहेनछन् हाँसोका धर्साहरू ओठको क्षितिजमा आफैउदाउँदा रहेनछन् खुसीका पिलपिले ताराहरू–मनको आकाशमा अनायासनेपथ्यबाट गुन्जिँदो रहेनछ आनन्दी धुन जीवनको आँगनमा।उकेर्दै– समयको साँढेजुधाइले निरुपाय जीवनलाईआफै निस्केको छु आज यात्रामा जे त पर्लाखोसेर हावाबाट जीवनको सुवास,पानीबाट जीवनको लय र ताललुटेर हिमालबाट मान्छेका मुस्कानम मान्छेसम्मै फर्काउने अभियानमा लागेको छु।

सपनाहरू !मलाई रोक्दै नरोकयति बेला म यात्रामा निस्किएको छु।