जीवनवादी मित्रसँग

हिउँ अग्लेका हिमाल,गुराँस हाँसेका पहाडर सुन पोतिएको तराईको बिलौनासुनेनौ र तिमीले ?

दुःखका झार उम्रेर सेप परेको जिन्दगीमाकहिले लाग्ला आशाको पहारिलो घाम ?

पानी बाहेक अर्थोकै केही बग्छन् नदीहरूर खस्छ हेर्दाहेर्दै अन्धकार आफ्नै आँखामाकिन सुन्दासुन्दै शोकगीत बन्छ जीवनको धुन ?

घाउहरूको मेलामा किनबेच भइरहेछन् चोटहरूमायाले हेरिएका अनुहारमाकिन हेर्दाहेर्दै अस्ताउँछ एउटा बुढो घाम ?

साउनमा आँखा फुटेको समयसधैँ हरियो सपनाको हिसाबकिताब माग्छयति बेला मान्छे किन निदाउन सक्दैन मौनता ओढेर ?घरबाटै सुरु हुन्छ एउटा महायुद्धर हुर्कन्छ आँगन, चोकहुँदै बस्तीभरिअबोध नानी आँखामा समेत किन निर्लज्ज हाँस्छ हिंसा ?

समस्याको एउटा सगरमाथा उभ्याएर छातीमाउदासीको भाका हाल्छन् अनुहारहरूगन्तव्य बिर्सेर किन टोलाउछन् बाटाहरू,लेख्ने विषय नपाएर झोक्राएको एउटा परिपक्व कविजस्तै ?

भन, कता हराए बाटो बिराएर अल्मलिएका रहरहरू ?खै पाइतालाको आलो छाप गन्तव्यका बाटाहरूमा ?कसले ग्यारेन्टी गर्छ–क्षितिज च्यातेर हेर्दा आशाको घाम देखिन्छ भनेर ?

तिमी आशा र आस्था लेख,जीवन लेख कवितामा भन्छौ मित्र !मैले आफ्नो जीवनको बगैँचाभरि शिशिर बोकेर हिँडेकोके तिमीले देखेका छैनौ ?

सोचाइका भिरहरूमा एक्लै हिँड्दै छुजुध्न त जुधेकै छु काला अँध्याराहरूसितर पनि अलि फरक भएँ कि क्या हो ?साँच्चै निराशावादी भएँ कि क्या हो म त ???