समय यस्तो होस्
समय यस्तो होस्―बाटोभरि हाँसून् सद्भावका फूलहरूर चलिरहोस् वासनाको बतासमनको वायुमण्डलभरि।
समय यस्तो होस्―सबैसबै बेइमानको अवसानमा उभिएरगाउन पाइयोस् स्वाभिमानको एउटा गीतइमान र मानवताका धुनहरूसँगैर पाइयोस्― वसन्तको आँगनमा सुस्ताएरप्रकृतिको आत्मीयता छाम्न।समय यस्तो होस्―जब भत्काउन सकियोस्विवादहरू चुलिएका दम्भका घमण्डी पहाडहरूरुष्ट हरेन्द्र यादव र रवि थाम्सुहाङ,राजनारायाण चौधरी, अकबर अली र सबैसबैएकैसाथ अटाऊन् एउटै अँगालामार हेरुन् मेचीकालीको अजस्र बहावसगरमाथातिर कतै उभिएर।
समय यस्तो होस्―विधानका सुनौला किरणको उज्यालोमा हिँडोस् देशआत्मीयताका घुमाउरा गोरेटाहरू छिचोल्दैहिँड्दा मान्छेसँगै छुटोस् यात्रार टुङ्गियोस्― मान्छेकै मझेरीमा पुगेर।
दृष्टिको पल्लो छेउसम्मै फुलून् रङ्गीबिरङ्गी गुराँसओठहरू गाइरहून् जीवनविडम्बनाका रङहरू पखालिरहोस्छेवैबाट बग्ने एउटा स्वच्छ खोलार अनुवाद गरोस् सबै रङहरूलाई एउटै रङ्गहीन रङमाअनि मान्छे होस् मान्छे आस्थाका हरेक केन्द्रमा
समय यस्तो होस्।