अब यसो गरौँ
अब यसो गरौँ।
समातौँ दुखहरूको कठालोर हमला बोलौँ सबै रोग भोकहरूमाथिकुलेसो काटौँ मनका भ्रमहरू निकाल्नअनि सम्पादन गरौँ असम्भव सपनाहरूलाई।
वयोवृद्ध सपनाहरूलाई थमाऊँ एउटा घँगारुको लौरोनिराश आशाहरूलाई दिऊँ शुभेच्छाको एउटा रातो गुलाबअन्तिम पटक सन्धि गरौँ समयसँग मैत्रीकोर जारी गरौँ एउटा श्वेतपत्र―विगतका सबै गल्तीहरूका नाममा।
युद्ध खेलिरहेका नानीहरूका हातमाराखिदिऊँ सेता परेवा र सेतासेता फूलहरूअनि लेखिदिऊँ सिङ्गो आकाशको नीलाभगाउँ, सहर र संसारका सारा मान्छेको नाममा।हाँसोको रोगन लगाइदिऊँ उदासी टाँसिएका अनुहारहरूमासेता हिमालहरूको सौन्दर्य उभ्याइदिऊँ―आँसुले भिजेका आँखाहरूमाझुक्याएर जङ्गलतिरको बाटो लगाइदिऊँ―पीडाहरूको लामलाईर घडाहरू राखेर स्वागत गरौँ बस्तीमा―सुखहरूको जुलुसलाई।
उतारेर भए जति वेदनाहरूको आवरणमसिना खुसीहरूको बिस्कुन हालौँ मनको आँगनभरिद्वेषका एकएक तगाराहरू भत्काएरमान्छे नै मान्छे लेखौँ सम्पूर्ण भूगोलभरि।
अब यसो गरौँ।