यात्रामा कविता

बिचेत पल्टेको छ समयसडक किनारमाकुल्चँदै भलादमी पाइलाहरू छिचोलिरहेछन्एकपछि अर्का कालखण्डहरू।

समय स्वानुकूल भएन कहिल्यैप्रतिकूलताको कालो ह्वेल पौडिरहेछ आँसुदहमाफगत् आशाका तानहरूमाजिन्दगी फणा उठाइरहेछ जिस्क्याइएको गोमनझैँजीउनु नामको यात्राफेदीदेखि चुलीसम्मकै दूरीमा लम्पसार छअल्छी पाइलाहरू तैपनि घस्रिरहेछन्केवल बाँच्नुको अनुभूति।

पट्यारलाग्दो यात्रामाबलात् नियाल्दै छु अपलककविता ठिङ्ग उभिएको छ मअघिहेर्छु– नितान्त परिचितजस्तोअनन्य आत्मनजस्तोमेरो कल्पनाभन्दा ठिक विपरीतमलाई आफ्नै व्यथाहरूकोमहागाथाजस्तो लाग्यो कविताआशाका मसिना त्यान्द्राहरू समातेरपर्वतारोहण गर्ने आरोहीझैँ लाग्योसत्ते भन्छु हजुर!यसपालिको कविता मलाईऐनाअघि उभिएको आफैँजस्तो लाग्यो।