अमिला दिनहरू
काखी च्यापेर क्रूर समयचपाइरहेछुअमिला दिनहरू/ तम्तम्याइला क्षणहरूविस्तीर्ण सपनाहरू समेट्नेअसफल उपक्रममै बित्छन्/भत्किन्छन् दिनहरूभावनाका असमेल सागरहरूमानिरुद्देश्य पौड्दैमा चिप्लिन्छन् दिनहरूकायरताको लावालस्करलेआफ्नै पौरुषमाथि धावा बोल्दा पनिसहनशीलताको नाममाकिच्च हाँसेर बिताउँछ त मात्र दिन बिताउँछ मान्छेअसमर्थताका गगनचुम्बी पिरामिडहरूछातीभरि बोकेर उभिन्छ तएउटाएउटा सिङ्गो दिन उभिन्छ मान्छे।
खै, के बाँचिएछ जीवन आजसम्म!चाहनाहरूको सङ्क्षेपीकरण गरेरकेवल तेत्तीस प्रतिशतमा खुम्चिरहेछ जीवनकेवल पाँचवटासारभूत बुँदाहरूको टिपोटमा उल्झिरहेछ जीवनतर कठै !संरचना भत्केपछि जीवनकोकहाँ मिलाउन सकिँदो रहेछ रह्रस्व र दीर्घहरू सच्याएरकर्ता र क्रियाको सङ्गति मिलाएर।
प्रतिपल अग्लिरहेको विषादको पहाड छ मअघितैपनि हिम्मत हारेको छैन अझैपाइताला डगमगाएको छैनदुःसाध्य दिनहरूको कठिन यात्रामाहिँड्दै छु म अझै हिँडिरहेछु
लाग्छ, समय अलिकता म भएर बाँचेको छम अलिकता समय भएर बाँचेको छुदिनहरूको जुलुस आज पनि हिँडिरहेछसपना कुल्चँदैजीवन नामको राजमार्गमा।