कलमहरू कविता लेख्छन्
हर्षमा मात्र हैनविष्मात र पीडाका मौन पहाडमा पनिकविहरू संवेदनाका जुलुसहरू देख्छन्कलमहरू कविता लेख्छन्।
कविको कवित्वहर्षमा भन्दा विष्मातमा मौलाउँछसुकृतिमा भन्दा विकृतिमा उर्वर हुन्छकवि फूलभन्दा काँडा मन पराउँछनजिकभन्दा टाढा मन पराउँछअनास्थामै कविहरू आस्थाका पुञ्जहरू देख्छन्निराशामै कविहरू आशाका किरणहरू देख्छन्होविष्मात र पीडाका मौन पहाडमा पनिकविहरू संवेदनाका जुलुसहरू देख्छन्कलमहरू कविता लेख्छन्।
भोकाएर कविहरूभोकबाटै कविताको ऊर्जा लिन्छन्अभावका भाव टिपेरनिरीहका कविता लेख्छन्अशक्तताका झिल्काहरू बटुलेर कविहरूअकिञ्चनका आर्तहरू ओकल्छन्र तविष्मात र पीडाका मौन पहाडमा पनिकविहरू संवेदनाका जुलुसहरू देख्छन्कलमहरू कविता लेख्छन्।
त्यसैले भन्छु मए हातमा लगाम लिएको झुठो भ्रम पाल्नेहरू हो !बङ्ग्याएर कलमहरूआफ्नो अनुकूल ढाल्ने प्रयास नगरबन्दी बनाएर कलमहरूचैनको रात बिताउने विभ्रम नपालउन्मुक्त छोडिदेऊ कविहरूलाईस्वच्छन्द छोडिदेऊ कलमहरूलाईनबिर्स–विष्मात र पीडाका मौन पहाडमा पनिकविहरू संवेदनाका जुलुसहरू देख्छन्कलमहरू कविता लेख्छन्।