विभ्रम र नयाँ वर्ष

भिडन्तपछि भिडन्तको नियतिसमयको हारमा समयकै जितको घटनाचक्रबिचएउटा अनिच्छित पाहुनाजस्तोरक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दैबस्तीमा पसेको छ नयाँ वर्ष।

कालो आतङ्कको छाया ओढेरसन्त्रास निदाएका मान्छेहरू भयग्रस्त सुनिरहेछन्टक... टक... का पदचापहरूरक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दैबस्तीमा पसेको छ नयाँ वर्ष।

खग्रास आँखाहरूमासुनाखरी फक्रन नसक्नुको व्यथाछ्वास्स नुन छर्कन्छ आलो घाउमाबुढ्यौलीमा भाँचिएको लौरोको अवशेषसम्म नपाउनुको प्रारव्धझिम्कन बिर्सेका आँखासमेतशोकाकुल हेरिरहेछन्रक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दैबस्तीमा पसेको छ नयाँ वर्ष।

आवागमनको अन्तरालमाआउनुको भ्रम र केवल जानुको यथार्थजस्तोअविश्राम ताण्डवहरूको योग नयाँ वर्षनिर्माणको आशमा भत्किएर खण्डहर बनेकादिवास्वप्नहरूको भग्नावशेष नयाँ वर्षफगत् सपनाहरूको एउटा भुलभुलैयाबाटअर्को भुलभुलैयामा टेक्नुको विवशता लम्पसार छनिर्विकल्प साक्षात्कारको तयारी गर्नै छ/गर्दै छुदिग्विजयी दावानलझैँ मअघि ठिङ्ग उभिएको छफेरि अर्को नयाँ वर्ष।