भ्रम बाँचेर जीवन

उतारेर आफन्ती आवरण अनुहारबाटमनभरि मुस्कुरायो समयभन्योभ्रामक विश्वास नगरम सृष्टि हुँ/सिर्जना हुँतर माफ गरम तिम्रो मित्रचाहिँ हैनझन् शत्रु तकुनै पनि हालतमा हुँदै होइन।

सुकुमार दृष्टि–सौजन्यले फूलनिर्निमेष हेरिरह्यो ऊतिरगौरवअनुभूतिको एउटा ग्रेटवाल उभिनुअगावैबोल्यो फूल–भ्रामक विश्वास नगरम सौन्दर्य हुँ/कला हुँतिम्री प्रेमिकाको चुल्ठोको शोभामात्र बन्दिनँ मउनको चितामा पनि सजिदिन्छु उसैगरी।

कुम्लाभरि खुसियालीका पोकापन्तुरा बोकेरमिर्मिरे बिहानी ठिङ्ग उभियो ऊअघितप... तप...आनन्दातिरेकका दुई थोपा आँसु खस्नुअगावैबोल्यो बिहानीभैगो सजतन राखयी पुष्पगुच्छाहरू/यी आँसुमोतीहरूफेरि आउनुपर्छ भोलि मविषादका काला बादलहरू ओढेर।

रसमयबोधको चरमबिन्दुमा जब ऊसमयको वास्तविक सृष्टिसिर्जनाआत्मसात गर्न खोज्दै थियोफूलको यथार्थ कलासौन्दर्य अनुभूत गर्न खोज्दै थियोत्यो कलात्मक बिहान आउनुअगावैएउटा महायात्रामा निस्किसकेको थियो ऊसधैँ/सधैँका लागि ... ...।