अनादि यात्रा

उक्लेर लामो उकालोशिखर टेकेको विभ्रममामैले सफलताको झन्डा गाड्नुअगावै देखेँजिन्दगी बाटोभन्दा ठाडो उकालो रहेछ।

बाटोमा ससाना पोथ्राहरू थिए सहारार्थसहयात्री डोबहरू थिए पाइतालाकाउन्मुक्त सपना थियो शिखर टेक्नेकदमकदममा उत्साहका फड्काहरू समेटेरउकालो काटियो मृदुल्लासमाकिंकर्तव्यविमूढ अवस्थामा छु आजशून्य लम्पसार छ अगाडिखोजिरहेछु नीरवतामासहयात्री पाइतालाका डोबहरूजिन्दगीको यात्रामा।

छिचोल्नै छ/काट्नै छ फेरि पनिजिन्दगीको सुदुर नेटोविषपात्र बोकेका सुन्दरीहरूकोकठिन मोहजाल नाघेरगन्तव्य टेक्नु छ मैलेछिचोलेर भ्रामक सपनाहरूको मायाजङ्गलचिरन्तन दौडिरहेछुयात्रा अझै पनि जारी छसायद अनादिदेखि ... ...... ... सायद अनन्तसम्म ... ...।