उन्मुक्तिगान

झुल्किन लागेको एउटा कलिलो घामतिमीजस्तै सुन्दर छहेर्नु छ अँध्यारा बस्तीहरूकसरी उज्यालिन्छन् तिम्रो आभाले !

निराकार सपनाका जुलुसहरूउसैगरी निस्कन्छन् विचारको संसारमाकोलाहलभित्र दबेको उन्मुक्तिको एउटा आवाजबढ्दै आइरहेछहजार सूर्यको जस्तो कान्तितेजअनुहारमा लुकामारी खेल्छबेली फुलेका रहरहरूको बिस्कुन छआँखाको परिसरभरिचमेली मुस्कुराएका आकाङ्क्षाहरूकोएउटा झुन्ड हर्दम मडारिन्छ मनभरिनिर्बन्ध सपनाका पोकाहरूफेरि झुन्ड्याउनु छ वरपीपलका रुखहरूमालछ्रप्प भिजेर आत्मीयताको ओसलेजोड्नु छ मनहरूगाँस्नु छ प्रीतिगाउनु छ–गाउँगाउँबाट उठबस्तीबस्तीबाट उठयो देशको मुहारफेर्नलाई उठ...र...हेर्दै छु म–झुल्किन लागेको एउटा कलिलो घामतिमीजस्तै सुन्दर छहेर्नु छ अँध्यारा बस्तीहरूकसरी उज्यालिन्छन् तिम्रो आभाले!