त्यो बाटो : हिजो र आज
अग्लो पहाडबाट ओर्लने एउटा बाटोतिमीतिर आउने गर्थ्योस्वागतमा बोटहरूलाईगुराँस थमाएकी हुन्थ्यौ तिमीले हातहरूमाआत्मीयताको रङरोगन गरेकी हुन्थ्यौ कलिला पातहरूमाभावुक अपनत्वले ओसिलो बनेको नागबेली बाटोतिम्रै मनको परिसरजस्तो विशाल हुने गर्थ्योओराली काटेर गाउँ टेक्नेबित्तिकैस्वागतको मानौँ एउटा सिङ्गो हिमचुली उभिन्थ्यो मअघिआँगनको डिलमा–मनभरि बर्सौँको प्रतीक्षाको थकान बोकेरओठभरि मेरो आगमनको मुस्कान बोकेरउभिएकी हुन्थ्यौ तिमीहर्षाश्रु भरिएका आँखाहरू एकाकार हुन्थेर बुन्न थाल्थ्यौँ हामी सुदूर भविष्यका तानावाना।
र धेरैपछित्यही बाटो हिँड्दै छु आजउजाडउजाड बाटोउदासउदास बाटोनाङ्गिएका रुखहरूको कोलाज छ जताततैअज्ञात भयको लहर मनभित्रतिमीलाई भेट्ने बर्सौँपछिको उत्कण्ठाभन्दाअझ डरलाग्दोसँग मडारिएको छथाहा छैन आइपुग्छु/आइपुग्दिनँ तिमीसम्मथाहा छैन भेट हुन्छ/हुँदैन तिमीसँगकहालीलाग्दा कल्पनाहरू समेटेर मनभरिभयाक्रान्त आँखाहरू दौडाएर वनभरिसोचको एउटा सुदूर कुनामाओठभरि स्वागतका मुस्कान बोकेर उभिएकी तिमीलाई कल्पेरम हिँडिरहेछु...हिँडिरहेछु... ... ...।