शान्ति

मान्छेहरूको जङ्गलमाफेरि हरायो एउटा मान्छेसत्ते भन्छु– त्यसको अनुहारठ्याक्कै तिमीजस्तै थियो।

ऊ हराएकोमाकुनै सूचनाहरू छापिएनन्कुनै विज्ञापनहरू बजेनन्पत्रिकाहरूमा / रेडियोहरूमा।

ऊ हराएकोमाकुनै आफन्तहरू तातेनन्कुनै परिचितहरू निस्किएनन्खोजीमा / सडकहरूमा।

यथार्थमा बस्तीमाएकमात्र स्पष्टवक्ता थियो ऊइमानदारिता मानौँ–रगतसँगै सञ्चरित हुन्थ्योउसमा नसानसा र कोषिकाहरूमा।

बस्तीमा उसलेठूलाठूला अपराधहरू गरेको थियोमान्छेलाई मान्छे ठान्ने अपराधकालोलाई कालै भन्ने अपराध... यस्तै ... यस्तै ...।

अब गाउँ शान्त छ स्थिरकुनै चहलपहल छैनगाउँकै मान्छेहरूको भाषामा–'अब गाउँमा शान्ति छाएको छ।'