एउटा कामना : प्रत्यागमन

थाहा छैनसूर्यजस्तो छर्लङ्ग यो वास्तविकतालाईअनुभूत गरेका छौ छैनौ तिमीलेफूलको विरुद्धमा तिमीले हुङ्कारेका गर्जनहरूक्रमशः क्रमशः आवाजहीन बन्दै गएका छन्।

मान्छेको बस्तीमा तिमीले कोरेका विभेदका रेखाहरूमेटिँदैमेटिँदै गएको पनि देखेकै हुनुपर्छ तिमीलेतिमीले रोपेका विषाद्का वृक्षहरूओइलाउँदै/सुक्दै गएको पनि देखेकै हुनुपर्छ तिमीलेअझै पनि कोर्दै छौ रेखा तिमीमलजल गर्दै छौ तिनै रुखहरूलाईतिम्रो उपक्रम मलाईविशाल समुद्रको अंशबण्डा गरेरधान रोप्न गरेको प्रयासजस्तै पो लागेको छ।

संसार जित्नु भनेको माटोमाथि आधिपत्य जमाउनुमात्र हैनमनहरू जित्नु हो, यस्तै लाग्छ मलाईतिमीले आफूलाई अधिपति सम्झेको माटोमा पनि छन्असङ्ख्य/अगणित मनहरूथाहा छैन, कविताका हरफहरूजस्तैपढ्छौ/पढ्दैनौ मान्छेका मन तिमीमान्छेको मनलाई भकुन्डो बनाएर गोल हान्दैमाखेल जितिन्न, बुझेकै हुनुपर्ने हो तिमीले।

यति बेला अँध्यारो च्यातेर एउटाकलिलो सूर्यको सुन्दर थुँगा फुलाएका छौँ हामीलेविभेदका रेखाहरू मेटेर सपनाका कलिला बिरुवाहरू रोपेका छौँ हामीलेथाहा छैन के भन्छौ तिमी हाम्रो फूलको पक्ष/विपक्षमाथाहा छैन पढ्छौ/पढ्दैनौ तिमीवर्तमानले हाम्रो मनमा कोरेका कविताका हरफहरूहामीले यत्ति बुझेका छौँ– प्रत्यागमनको अर्थमातिमीलाई हाम्रो फूल मन पर्छ अबहाँगाहाँगामा सपना कोपिलाएका रुखहरू मन पर्छ अबतिमीलाई हाम्रो मनभरि कुँदिएकोसुन्दर कविता मन पर्छ अब।