ठुलेको गाउँ

अबोला अनुहारअभावको मानचित्र ओठभरि टाँसेर मुस्कुराउँछभँगेराका बथानहरूविपन्नताको बिस्कुन चर्छन् आँगनभरिमाटे भित्ताको सिमानाभित्रनिर्द्वन्द्व हाँस्छ साँघुरो मझेरीनिषेधका छेकबारहरू छैनन् कतैअन्त्यहीन स्वागतम्का निर्लिप्त मुस्कान छरेरविराट् सम्पन्नता सँगाल्छ ऊयस्तै छ ठुलेयस्तै छ ठुलेको गाउँ।

गुन्द्रुक र ढिँडोसँगचौरासी व्यञ्जनको मिठास साटेरअपार शक्तिसञ्चय गर्छ ऊबिउदेखि बालीसम्मको प्रतीक्षामाअपरिसीम धैर्यकोविश्वासस्तम्भ उभ्याएर छातीमाबोकिरहन्छ ऊअनन्त योजनाका आकारहरू–– ठुलीको फरिया फेर्नु छ– सानेलाई भोटो हाल्नु छ– साइँलाको पाली छाउन सघाउनु छ– तल्लाघरेको खेत बाढीले लग्यो– छिमेकी धर्म बिर्सेको छैन उसलेमृत्युलाई पनिससत्कार एकैछिन पर्खाएरउपकारको बदला चुकाउन लालायितजस्तोगर्दागर्दै गर्नै केही बाँकी रह्यो कि?जिन्दगीको छोटोपनमासधैँसधैँ भयभीतजस्तोथोपाथोपा निथारेर पौरखका पसिनाहरूरित्तो हात गए पनि हुन्छ कहिल्यै नफर्कने यात्रामायसै भनेर सोच्छ ऊयस्तै छ ठुलेयस्तै छ ठुलेको गाउँ।