इतिहास : एउटा लालसा

मनको रेन्जपोस्टभन्दा धेरै परअँध्यारो ओढेर उभिएको छ मेरो गन्तव्यखोकिलामा हात तताएरखियाउँदै छु बहनासमयको उत्ताल छालउसैगरी छचल्किरहेछबिहानी माघका चिसा हत्केलाहरूमा।

छाल गति हो जिन्दगीकोछाल बिसौनी पनि हो जिन्दगीकोविश्राम र गतिको समयचक्रउसैगरी लेखिरहन्थ्योप्राप्ति र समाप्तिको इतिहासउसैगरी लेखिरहेछआज पनि।

हामी पढ्दै छौँ इतिहासगौरवको/रौरवकोकहालीलाग्दा नरमेधका नृत्यहरूसुनाइरहन्छ इतिहासअविजित छ इतिहास/अनन्तसमयका कथा/व्यथाहरूखाइरहेछ/पचाइरहेछभोकाउनु र अघाउनुको नियतिभन्दा परइतिहासपोल्टाभरि घुसारिरहन्छएकपछि अर्का समयका कथा/गाथाहरू।

इतिहास बन्नु/बनाउनुकै होडमाआलिप्त छु म पनिनिरन्तर खियाउँदै छु बहनामनको रेन्जपोस्टभन्दा धेरै परअँध्यारो ओढेर उभिएको छ मेरो गन्तव्यखोकिलामा हात तताएरखियाउँदै छु बहनासमयको उत्ताल छालउसैगरी छचल्किरहेछबिहानी माघका चिसा हत्केलाहरूमा।