समय पर्खँदाः समयको सँघारमा उभिएर
सबैसबैसँग सम्बन्ध तोडेरयस्तरी निदायौ तिमी समय ओढेरजस्तो कि कुनै विस्मृत इतिहासकहिल्यै ब्युँझने उपक्रम गरेनौआफ्नो ठाउँबाट टसकोमस सरेनौ।
उप्काइरहेछौँ हामीतिमीलाई पुर्ने समयका पाप्राहरूहेर ! विसङ्गतिको यत्रो डङ्गुर !तिमीले ओढेको समयका पाप्रा उप्काउँदारगतका फाल्साहरू निस्कन्छन्आँसुका खोल्साहरू बग्छन्यस्तो लाग्छ–तिमी निदाएको मौका छोपेरमान्छे–एकपछि अर्का ग्याँसच्याम्बरहरू बनाइरहेछभण्डारखाल र कोतपर्वहरू रिहर्सल गरिरहेछ।
तिमीले ओढेको समयनिर्बन्ध हावामाथि प्रतिबन्ध लगाउने समय हो सायदहामीले बाँचिरहेको सयम पनि त्यस्तै छतिमीले ओढेको समयस्वतन्त्रताको छातीमापरतन्त्रताको झन्डा गाड्ने समय हो सायदहामीले भोगिरहेको समय पनि यस्तै छखोक्रा पेटहरूलाई चारोस्वरुपअन्नका दानाको छारो हालेरविद्रोह बोल्ने मुखहरूमा तगारो हालिरहेछ समयबुझेको भए पनि नबुझेको स्वाङ पारेरक्रमशः समयको चेपुवामा परिरहेछौँ हामी।
खै, हामीले आफैँलाई चपाएर उग्राउनेसमयका दाह्रा उखेल्न सकेकोसधैँसधैँ रोग, भोक र शोकसँगको लुखुरे युद्धमा अल्झाएरहाम्रो सिङ्गो जिन्दगी र सभ्यतामाथिहुकुमी शासन चलाइरहेछ सयमफ्याँकेर हाम्रै रगतपसिनाको कमाइका टुक्रा हाम्रै अगाडिसमय हामीलाई पुरस्कृत गरेको नाटक रचिरहेछर पुरस्कार जित्ने होडबाजीमा हामीस्वजनसँगै युद्ध गरिरहेछौँ युगौँदेखि।
छातीभरि अकाय वेदना बोकेरसमयपीडित मान्छेहरूको सङ्गठनमा लागेको छुर पर्खिरहेछुसमयसँगै युद्धोद्घोष गर्ने समययति बेला म–समयकै सँघारमा उभिएर।