स्मृतिमा : खस्रा हत्केलाहररू

रातभर सपना रूँघेको अनिँदो मनआँखामा एक्लै बैँस बिताएका क्षणहरूकोबिस्कुन छ असरल्लबारीमा उमि्ररहेका एकपछि अर्का फूलहरूगोडमेल गर्दागर्दै खस्रा भएका हत्केलाहरूछैनन् अब मेरो शिरमाथिमात्रै सुदूर स्मृतिमा हेरिरहेको छु ममुजा परेको काल्पनिक अनुहारमेरी हजुरआमाको।

शुभ्र हिमाली आकृतिटल्कन्छ मन भर्खर हिउँ पग्लेको पानीझैँकिञ्चित छैन क्लेषनिर्मल, निर्झर स्नेहको झरनासुक्यो एक मन तिर्खा नमेटिँदैकाकाकुल प्यास बनेर गर्जिरहेछ प्यास स्नेहकोतिम्रो अनुपस्थितिमा।

संसारको रीत भने पनिसान्त्वनाका शब्दभन्दा बढी के अस्तित्व रहेछ रमान्दोरहेनछ मनधेरैपछि भक्कानिएर रोएँ म/बुझ्दाबुझ्दै रोएँआँसुका नदीले सम्भव छैन तिम्रो पुनरागमनतिम्रा खस्रा हत्केलाहरूको मायालु स्पर्शएउटा अपूरणीय अभाव बनेर बसिरहनेछ मभित्रजीवन रहेसम्मम रहेसम्म... ... ...।

(स्वर्गीय हजुरआमाको स्मृतिमा)