हामी कवि
सम्झनाका प्रदेशबाटमाया र यादका सगुन बोकेरआउँदैनन् आजकल सानुमायाहरूसुनिन्छ बारुदसँग खेल्न अभ्यस्त भएका छन्गुराँस टिप्ने हातहरू।
रगतका टाटाहरू फक्रेकामसिना धँगेरीफूलहरूमादेखिँदैनन् भँमराका झुन्डहरूझुसिल्किराहरू आजकल उत्सव मनाउँछन्वनहरूमा/मनहरूमा।
विस्थापित रहरहरूको एउटा जुलुसपुग्नै सकेन मान्छेको बस्तीसम्मएउटा निरपराध छातीले निल्यो बारुदभावशून्य आँखाहरू हेरिरहेछन् चौबाटोबिचक्षतविक्षत लाश मानवताको।
मान्छे बोल्दैन आजकल(मान्छे भए पो बोलोस् !)केवल सुनिन्छन् आर्तआहतहरूव्यथित सुस्केराहरूरोदन र क्रन्दनहरूसन्त्रास बोकेका बैँसहरूफक्रन नपाउँदै बिलाउँछन् शून्यमाएउटा करुण रसको उत्कर्ष।
सक्छौ भने देखाऊतिम्रो मनको क्षितिज उघारेरतिमीभित्रको मान्छेहाम्रो के कुरा गर्छौहामी त मान्छेका कविता लेख्दालेख्दैआफैँ मान्छे हुन नसकेर (सायद) कवि भएका छौँ।
गर, गुराँस टिप्ने हातहरूमा बारुद थमाएरजति झुसिल्किराको खेती गर्छौ गरनिरपराध छातीहरू छेडेरकतिसम्म मेट्न सक्छौ मानवता मेटहामी त प्रतिबद्ध भएका छौँ मान्छेका कविता लेख्नमान्छेका लागि हामीरौद्र रसका कविता पनि लेख्न सक्छौँबीभत्स र भयानक रसका कविता पनि लेख्न सक्छौँ।