म वैशाख बाँचिरहेछु
टाँगेर मनको आँगनमा निस्सीम अनुभूतिको एउटा आकाशम वैशाख बाँचिरहेछु धेरै कालदेखि उदासउदास।
मेरो वैशाखमामिथ्याको मैलो पोतेर मनभरि गर्व साँच्नेहरू छन्कलिला मनहरू भत्काएर अहङ्कार बाँच्नेहरू छन्मेरो आस्थाको चहकिलो वैशाखमा कालो पुछेरआफ्नो अनुहार उजिल्याउनेहरू पनि छन्खै किन बज्रँदैन मेरो वैशाख कहर बनेरआफ्नै विरुद्ध विषवमन गर्नेहरूप्रतिमैले बुझ्न सकेको छैन।
थुप्रै वैशाखहरू चुठेर जुठेल्नामाकिन वैखाखकै पछि दौडन्छ मान्छे थाहा छैनहजारौँ वैशाख मास्ने दुर्भावना साँचेर मनभरिकिन एक वैशाख सद्भाव र शुभकामना बाँढ्छ मान्छेथाहा छैनबोल्दैन वैशाख मौन छ शीतकालीन कोइलीजस्तैबदलामा बोलिरहेछ मान्छे वैशाखमाथि सवार भएर।
बोल्न नसक्नुको निरीहता छ वैशाखसँगआर्तहरूको शृङ्खला कहाँ नभएको हो र ऊसँग!ए मान्छे !अझै कति लिन्छौ वैशाखको सहनशक्तिको अग्निपरीक्षा ?खबरदार! विद्रोह बनेर ब्युँझेला वैशाखनबिथोल घाइते वैशाखलाई बेलाकुबेलायति बेला म वैशाख बनेर बाँचिरहेछुम वैशाख बाँचिरहेछु।