ऊ अर्थात् मान्छे

बादल फाटेको स्वच्छ आकाशजस्तैउद्दीप्त अनुहारहरूको एउटा जुलुस छभन्छन्– बस्ती हो यो मान्छेकोउसले पनि यस्तै मान्दै आएको छ

सभ्यताको उषाकालबाटै उसले पुज्दै आएको माटो छ त्यहाँपटकपटक गन्तव्य खोज्न ऊ अथक हिँडेको बाटो छ त्यहाँयिनै माटो र बाटोको सान्निध्यमा थाहै नपाई कटेकोस्वर्णिम जीवनको एउटा सुरम्य पाटो छ त्यहाँ

माटो, जसमाथि उसलेपटकपटक आक्रमण गरेको छआफूले गरेका हरेक प्रहारको बदलामामाटोले सुन्दर फूलहरू दिएको छ उसलाईसुवासित फूलहरूजिन्दगीका तरङ्गहरू यसैगरी उठिरहेछन् बस्तीमाआज पनि

बस्ती अझै सुन्दर पार्नुपर्ने ध्याउन्न छ ऊसँगभ्रातृत्वका थप बिरुवाहरू उमार्नु छआत्मीयताका अरु पर्खालहरू उभ्याउनु छढालेर मान्छेविरुद्ध ठडिएका दम्भका रुखहरूबन्धुत्वको बिउ छर्नै बाँकी छ

यस्तै सुकर्ममा लागेको छ ऊऊ अर्थात् मान्छेहाम्रो असीम विश्वासकोएउटा ज्युँदो धरोहर।