समय पर्खँदा : समयको सँघारमा उभिएर २
मान्छेअनुहारहरूको एउटा कोलाजडरलाग्दो आकृति सिर्जना गरिरहेछअराजकताको सँघार टेकेरसमय निर्बाध अट्टहास गरिरहेछरक्तपिपासु काकाकुलहरूमडारिइरहेछन् हाम्रो आगतको आकाशभरि।
यो समयभ्रातृत्व र सिर्जनाका लागि गर्भाधान गर्नुपर्ने समयबारुदको खेती गर्दै र्छौँ हामीप्रत्येक प्रहरविष्फोट विभीषिकाको सन्त्रास बोकेर मनभरिथाहा छैन कहाँ समाधिस्थ छन् बुद्धहरू।
मेरो आशाको सर्वोच्च हिमालभरिनिराशावादीहरू रिले दौड दौडिरहेछन्समय खर्चेर सुसमयको प्रतीक्षामाथाहा छैन कहिलेसम्म बाँच्नुको अभिनय गर्छौँ हामी।
अर्को सालसायद घाम लाग्छ !सबै अँध्यारोमा एकच्छत्र शासन गर्नेगरीसमयको सँघारमा उभिएरअझै पनि समय नै पर्खिरहेछौँ हामी ... ... ...।