रुखहरूलाई थाहै छैन

उभिनुको नाममाठिङ्ग उभिदिन्छन्आत्मीयताको नाममा समग्रता हराएरअनस्तित्वको पहाड ठडिदिन्छन्तैपनि खेदको अनुभूति छैनबन्नुको नाममा बन्दाबन्दै बिग्रिएर पनिउसैगरी अग्लिरहन्छन्रुखहरू।

ऊर्ध्वगामी यात्रार्थभर्यावङ बनेर उभिदिन्छन् रुखहरूपाइतालाहरू एकपछि अर्कागन्तव्यका टाकुरा टेक्छन्/रमाउँछन्टेक्दाटेक्दै उच्चानुभवको मातलेमदमत्त मातिदिन्छन् पाइतालाहीनत्वबोधको भावले तैपनि ग्रसित हुँदैनन्रुखहरू।

रुखहरूलाई थाहै छैनउनीहरूले के पाए र गुमाएगुमाउनुको प्राप्तिमा पनिउसैगरी अडिग छन्रुखलाई रुख रहन नदिएरप्राप्तिको पहाड चढ्नेहरूकिन जहिले पनि वमन गर्छन्असन्तोषका नदीहरू ?

रुखहरूलाई थाहै छैनमान्छेले सपना बाँढेर फल चोरेकोरुखहरूलाई थाहै छैनमान्छेले आश्वासन दिएर हाँगा काटेकोत्याग र सेवाका चिप्ला कुरा गरेरमान्छे ढाल्दै छ रुखरुखहरूलाई थाहै छैनसन्त्रासको छायामा सास फेर्दै छु मकतै रुखहरूले मान्छे नचिनून्हाँगाभरि धारिला बन्चराहरू फलाएरमान्छेको बस्तीतिर नपसून् रुखहरू ...।