असफलताका कीर्तिस्तम्भ ढालेपछि

असफलताका कीर्तिस्तम्भ ढालेपछिमैले देखेँ–बाँच्ने आशाहरूको विजयजुलुससाह्रैसाह्रै सुन्दर हुँदोरहेछ।

असफलताका कीर्तिस्तम्भ ढालेपछिमअघि ठिङ्ग उभियोपश्चात्तापको एउटा सिङ्गो पहाडएउटा लामो अन्तराल/स्वर्णिम अन्तरालजिन्दगी नामको यात्राकोअनाहकमै खर्च गरिएछ।

असफलताका कीर्तिस्तम्भहरू ढालेपछिफूलहरू फुल्दारहेछन् आशाकामूलहरू पनि फुट्दारहेछन् आस्थाकासमुन्नयनका एकपछि अर्का सिँढीहरूदेखिँदारहेछन् बाटाबाटामासुसमयका सुन्दर बादलहरूक्रमशः बर्सिँदारहेछन्आशावादी मनका फोगटाहरूमा।

साँच्चै ढाल्नै पर्नेरहेछअसफलताका कीर्तिस्तम्भहरूमान्छे जन्मेर मान्छे बाँच्नका लागि ... ... ...।