देश खोज्दा

एकाएक झ्याङ्गियो विषवृक्षयद्यपि मरुभूमि थिएन त्यहाँ काला सम्भावनाहरूकोआगो तिमीले मेरो विरुद्धमा लगाएका थियौविडम्बना ! तिमी पनि जल्यौ मसँगैआफैँले लगाएको आगोमा।

गर्नु नहुने गर्नका लागिठाउँकुठाउँ हुँदोरहेनछभन्नु नहुने भन्नका लागिमौकाबेमौका हुँदोरहेनछगर्नु नहुने गर्यौह तिमीलेभन्नु नहुने पनि भन्यौ तिमीलेतिमी ओत लागेको विषवृक्षत्यो त हेर ! मरुभूमिमा उम्रिएको छचाँडै सुक्ने सम्भावनाहरूको वकालत गर्दै।

तिमी आफ्नो लडाइँलाईहकको लडाइँ भन्छौर कुल्चन्छौ मेरो हकको आधारशिलामेरै अस्तित्वको विरुद्ध लड्नमैसँग सहयोग माग्दै छौ तिमीमित्रता र आत्मीयताको कुरा गरेरसमय तिमी र मबिचयति धेरै दुर्बोध्य भएर उभिएको छ आज।

आफ्नै अहंको रक्षार्थकुसमयका खलनायकहरू खन्दै छन्विभेदका अनन्त खाडलहरू हामीबिचखै हामीले तिनलाई चिन्न सकेको ?छहारीको भ्रम बाँढेररोप्दै छन् तिनीहरू हिंसाको आगोखै हामीले तिनलाई बुझ्न सकेको ?आमाकै अस्मिताको त्रास देखाएरआमाकै छाती अंशबण्डा गर्न खोज्दै छन् तीखै हामीले थाहा पाएको ?

ढिलो भो अब आऊतिमीले सल्काएको यो आगोअझ भनौँ तिमीद्वारा सल्काइएको यो आगोहामी दुवै मिलेर निभाऔँर निकालौँ एउटा सिङ्गो देशभर्भराउँदो भुङ्ग्रोभित्रबाट।