प्राप्तिको लेखाजोखा

प्राप्तिको लेखाजोखा गर्दै छु मऐनाअघि उभिएको छुबुढी औँला नचाउँदै फिस्स हाँसिरहेछआफ्नै आकृति ऐनाअगाडि।

बीभत्स मृत्युशृङ्खलाक्रमशः चुलिँदै छ सगरमाथा छिचोल्नसमय सुनाइरहेछएकपछि अर्का नरसंहारका कथाहरूमान्छे रगतको रातोपनअघिलालीगुराँस लजाइरहेछ फक्रन।

प्राप्तिको लेखाजोखा गर्दै छु मगुम्बाअघि उभिएको छुससाना पोकापन्तुरा बोकेरबाहिर निस्किरहेछन्शान्तिप्रेमी बुद्धहरू।

घप्लक्क महँगीको शीतलहर ओढेरमौन छ बस्तीअभावका रागहरूगुन्जिरहेछन् गाउँगाउँमासम्साँझै झ्यालढोका थुनेरमुर्दा शान्ति अनुभूत गर्दै छन्गोर्खासन्ततिहरू।

प्राप्तिको लेखाजोखा गर्दै छु मचौबाटोबिच उभिएको छुआर्त सुसेल्दै अघि बढिरहेछन्आशावादी मनहरू।

यस्तै हुन्छचेतनामा सङ्कटकाल लागेको बेलासमय बन्दुक बोकेर उभिएको छ ठिङ्गनिरीह कविताका हरफहरूभयातुर दौडिरहेछन्सडकहरूमा ... ...।