देवकोटाप्रति

सपनामाआज पनि आउँछन् लक्ष्मीप्रसादर फूलमार चुरोटसँग विनिमय गर्छन्कविताका बिटाहरू।

हिँड्दाहिँड्दै ल्हासा बजारमापे्रममुग्ध हुन्छ मदनवियोग खप्दैपीडा बाँचिरहन्छे मुनाखै, कसले लुट्यो मानवता ?दन्त्यकथामा बाँचिरहेछन्सहृदयी भोटे अनुहारहरू।

तैपनि कुञ्जिनीहरू जन्मेकै छन्सुलोचनाहरू हुर्केकै छन्केवल भोक मरेको छैनकवि जुठ्यानबाट आज पनिबसाइँ सरिरहेछन् मुसाहरू।

देवकोटा!उही पीडा विद्यमान छक्यान्सरग्रस्त वर्तमानमाहामी सबै यति बेलाहजार बिच्छीले टोकेको अनुभव बाँच्दै छौँ।केवल आशका त्यान्द्राहरूफैलेका छन् असरल्लएउटा क्षितिजदेखिअर्को क्षितिजसम्मनिर्विकल्प मनस्थिति च्यापेरअपूरा सपनाहरूकोबिस्कुन हालिरहेछौँ हामी।रमुनामदनमा एकपल्ट फेरिभोटे अनुहार खोजिरहेछौँ हामी।