पीडा : परिवर्तन
अँध्यारा औँसीहरू अनिष्टका सगुन बाँढ्दै छन्बस्तीहरू जून प्रतीक्षामाएउटा युग पर्खिरहेछन्विचारका निर्जन यात्रापथहरूमाएउटाएउटा प्रदूषित बागमती सुसाइरहेछयात्राको नाममा थाहै नपाईएउटा कालखण्ड सपना बनाइएछमान्छेले चिरनिद्राबाट ब्युँझने उपक्रम गर्दानगर्दैशोकगीतका भाकाहरूले गाँजिइसकेछन्मनका पाखापखेराहरू।
दुस्वप्नको सँघारबाट अझै अतीत चिहाउँछौँ हामीजङ्गे हात्तीपाइतालामुनि भावनाहरू निस्सासिनुको पीडालेखाइमा कहाँ व्यक्त हुन सक्दोरहेछ र !बिलखबन्द मनमात्र घाउ सुम्सुम्याउँछमात्र पीडा थुम्थुम्याउँछगोलको नाममाभावनालाई भकुन्डो बनाएरबज्रलात प्रहार गर्छन् राक्षसी खुट्टाहरूसहनुको अर्थमा खै!अझै कति कायरतामा अनुवाद गर्ने हो आफैँलाई ?विद्रोहको ज्वालामुखी त कहिलेकाहीँयसरी पनि फुट्न खोज्दो रहेछ।
थाहै भएन कहाँ के भयो ?एक आँखा हेर्न नपाउँदै सौन्दर्यमा कालो पोतिएछधीत मारेर गाउँन नपाउँदैनिमोठिएछन् घाँटीहरूअचम्म लाग्यो!मान्छे मान्छेजस्तो रहेनछ, अर्कै भइसकेछबस्ती बस्तीजस्तो रहेनछ, अर्कै भइसकेछ।