लालबन्दी
लालबन्दी*
गर्मीको ताप/उत्तापलेधपक्क बलेको छधुलोको साम्राज्यभित्रविक्रम टेम्पोको धुवाँमिश्रित तातो हावाअप्ठेरो मान्दै सास फेर्छलालबन्दी।
टमाटर र तरकारीजति सहरतिर पठाएरनुनसँग उसिना चामलकिक्लिककिक्लिक निल्छप्रत्येक सोमबारे र बिहीबारे हाटमारक्सी, माछा र खसीबोकाको समवेत गन्धमानमिठो गनाउँछलालबन्दी।
कहिले स्कुले झोला बोकेरसिनेमाघरतिर लागेकादेशका कर्णधार देखेर जिब्रो टोक्छकहिले कलम समात्नुपर्ने हातलेतराजु समातेको देखेर सास रोक्छलालबन्दी।
लालबन्दीकेही कृतहस्त हातहरू खोजिरहेछकर्मयोगीहरूको सिङ्गो जमात खोजिरहेछयुगौँदेखि आजसम्म उन्नति खोज्न धाइरहेछनिरन्तर इच्छाहरूमा नवसिर्जना गाइरहेछसट्टामा केही भएको छैनगोल्छाछेउबाट आज पनि डुमडुमे*ठुस्स गनाइरहेछलालबन्दी।