बज्यै : एउटा ज्युँदो इतिहास

आँगनभरि आशाहरूको बिस्कुन हालेर बज्यैअनुहारका चाउरीहरू गन्दै छिन्अस्मेल भावनाका भेलहरूमा पौडनुको नियतिपरिक्लान्त छ शरीरअगणित सपनाहरूको उतारचढावमाधमिलिएका छन् आँखासमय पुतलीको पछिपछि दौडने मनआज ओकलिरहेछ आक्रोश पुतलीहरूकै विरुद्धमालाग्छ बज्यै यथार्यमन भत्केर असरल्ल आश बाँच्नुको निर्धो नियति हो।

सौन्दर्य सुसेली हाल्न बिर्सेर बज्यै मनस्वर्गीय पतिका धमिला स्मृतिपत्रहरू जोडिरहन्छमात्र केही स्वप्नील रातहरूकेवल केही मायालु बातहरूबदलामा खातमाथि खात लगाएरइतिवृत्तका घातप्रतिघातहरूहरेक मायालु सम्बोधनका विभ्रमहरूमासहिरहन्छिन् समयले हानेका बज्रलातहरू।

मृत्युप्रतीक्षाको समय काखी च्यापेरबज्यै अझै जोडिरहेकी छिन्एउटा ज्युँदो इतिहासका घटनाचक्रहरूर खोजिरहेकी छिन्आफ्नै इतिहासका कुशल पाठकहरू आज पनि।