मेरो युगका कथाहरू
म जोडिरहेछुविस्थापनका कथाहरूको एउटा अनन्त शृङ्खलाउपसंहारअगावै निदाइसकेका छन् असङ्ख्य नानीहरूएउटा कहिल्यै नब्युँझने निद्रा।
कथाहरू :विश्वस्त मनबाट विश्वास भत्किनुका कथाहरूश्रद्धालु नजरबाट श्रद्धा खस्किनुका कथाहरूउत्ताउला दिन खडेरीका कथाहरूऋणमाथि ऋण र लिलाम घडेरीका कथाहरू।
कथाहरू :अक्करे भिरहरूमा गुराँस नफुल्नुका कथाहरूमलिला तीरहरूमा बाला नझुल्नुका कथाहरूधारिला खुकुरी गला कट्नुका कथाहरूबोधिवृक्षमुनि त्रिपिटक रट्नुका कथाहरू।कथाहरू :एकादेशबाट सुरु नभएका कथाहरूबलिष्ठ पाखुराहरू जङ्गलतिर गएका कथाहरूमान्छे मन/विस्फोट विभीषिकामा सन्त्रस्त कथाहरूओइलाएका बैँस/यौवन क्षयग्रस्त कथाहरू।
कथाहरू :सर्वत्र भोक र जिजीविषा कथाहरूप्रतिपद पराजय र विजिगीषा कथाहरूललाटमा कस्तुरी, तिलक र चन्दन कथाहरूचिसा छिँडीमा अभाव, आश र क्रन्दन कथाहरू।
म जोडिरहेछुविस्थापनका कथाहरूको एउटा अनन्त शृङ्खलाउपसंहारअगावै निदाइसकेका छन् असङ्ख्य नानीहरूएउटा कहिल्यै नब्युँझने निद्रा।