हेटौँडा

समयको छालमा भीमफेदी बगेरनिक्कै तल आइपुगेको छहेटौँडा।

कानमा राप्तीको बतास र मुटुमा सिमभन्ज्याङ चिसो बोकेरनिरन्तर बाइरोडको बाटोमा धुलो उडाइरहेछचिरन्तन अभावसँग जुधिरहेछसडकको कालोपत्रजति मुखमै टाँसेरबीभत्स अट्टहास गरिरहेछहेटौँडा।

नवलपुरको सिरानबाट स्मारक हाँसे पनिपिप्ले माछापोखरीमा मनकामना अनुहार हेरे पनिकर्रा र राप्तीसँगै निरन्तर बगे पनिमकवानपुर गढी र चिसापानी गढीका भग्नावशेषछातीमा टाँगेरआफ्नै निरीहताको मौन विज्ञापन गरिरहेछहेटौँडा।

भैँसेको पहिरोमा बाबुको श्राद्ध ओढेरसिमेन्ट उद्योगको धुलो अनुहारभरि दलेरबन्द कपडा उद्योगको विशाल प्राङ्गणमानाङ्गै नाचिरहेछहेटौँडा।

सिरेटो काखी च्यापेर राप्तीरोडका पेटीहरूमावेदनाको आकाश ओढेर निदाउँने असफल प्रयास गरिरहेका‘थरिथरिका सन्तान‘ देखेर सालिक भत्काइएको महेन्द्रचोकफिस्स हाँसिरहेछहेटौँडा।