बैँसोन्मत्त किशोरीहरू

हातमा पूजाको थाली बोकेरअनुहारमा बैँसको लाली पोतेरआजकलआफ्नै 'ईश्वर'सँग हातेमालो गरिहिँड्छन्बैँसोन्मत्त किशोरीहरू।

जीवनको यो पाटोमानिस्केर पराधीनताको सँघारबाटटेक्न खोज्दै छन् निर्भरताको बाटोमातल्लाघरेमाथ्लाघरेका छोरीहरूसडकलाई रङ्गीन बनाउँदै हिँडिरहेछन्बैँसोन्मत्त किशोरीहरू।

छरेर बैँसालु ऊहापोह मनभरिकोकल्पेर एउटा साथी जीवनभरिकोफड्फडाउन खोज्दै छन् उन्मुक्त पखेटानीलगगनको अनन्त उडानका लागिएकाकार गर्दै छन् धड्कनका ध्वनिहरूगाँस्दै छन् मायाका डोरीहरूधर्तीभरि प्रणयको रङ छर्दै हिँडिरहेछन्बैँसोन्मत्त किशोरीहरू।

मैले कवि भएर उन्मुक्त तिनका आभादीप्त अनुहारमा हेरेँउनीहरू मलाई आफ्नै कविताका सुन्दर हरफजस्ता लागेनातासम्बन्धी भएर हेरेँ तिनका निर्दोष अनुहारबहिनीजस्ता लागे/छोरीजस्ता लागेमङ्गलकामनाको पहिरो भत्क्यो मनभित्रैबाटसिँगारी राख धर्तीलाई कल्पकल्पसम्मगुन्जाइराख आत्मीयताका दोहोरीहरूपृथ्वीको सुन्दर हाँसोलाई जोगाइराखबैँसोन्मत्त किशोरीहरू।