मेरो कविता लेख्ने प्रण
आखिर किन लेख्नु कविता ?जब समयकै खती हुन्छ भने योआज सोच्दै छु म।
संवेदनाविहीन गैँडाको छालाजस्ता मनहरूमाध्वनित हुन सक्दैन कविता भनेचेतनाको डाँक बोकेर कवितामान्छेको बस्तीभित्र पस्न सक्दैन भनेभन्नोस् महाशय!आखिर किन लेख्नु कविता?जब यो मात्र समयको खती हुन्छ भने।
थाहा छ भोकालाई एक डल्लो ढिँडो बन्न सक्दैन कवितालङ्गडोलाई बैसाखी पनि बन्न सक्दैन कविताकवितामा भोकशमनका सपनाहरू देख्छ मान्छे भनेकवितामै सहाराका हातहरू कल्पन्छ मान्छे भनेकविताप्रतिको यो आस्थालाईकसरी पो भत्काउन सक्छ एउटा कवि ?
मैले कविता लेख्ने प्रण गरेको छुअसंवेदित मनहरूलाई संवेदित बनाउन चाहन्छु ममैले कविता लेख्ने प्रण गरेको छुबस्तीहरूमा चेतनाको डाँक फिँजाउन चाहन्छु म।
देखून् !देख्नेहरूले देखून् !भोकाहरूले भोकशमनका सपना देखून् कवितामाबेसहाराहरूले सहाराको सपना देखून् कवितामायिनै कविताप्रतिका स्वप्नील आस्थाहरूको संरक्षणार्थ भए पनिमैले कविता लेख्ने प्रण गरेको छु।
आखिर किन लेख्नु कविता?जब समयकै खती हुन्छ भनेयसो भन्नेहरूको जवाफका लागि नै भए पनिमैले कविता लेख्ने प्रण गरेको छु।