बाटो सायद त्यतै हराएको थियो

शून्यमा टेकेरशून्य भैँतारिइरहेँ महिँड्दाहिँड्दा थाक्नुको आभाषमाछातीभरि कुदाएँ संवेदनाका घोडेटापहरूनिरावलम्ब अँध्यारोफक्रिरहेथ्यो मनका करेसावरिपरिछामेँ/सुम्सुम्याएँ/छिचोल्न खोजेँजिन्दगी नामको पट्टेर काँडेघारीसुदूर अतीततिर मिल्किएसोचका ससाना मायाकिरणहरूमैले हिँडेर पुग्नुपर्ने बाटोसायद त्यतै छोडिएको थियो।

आहा! कति सुन्दर फक्रँदोरहेछतिम्रो गालाको खोबिल्टोमामैले युगौँदेखि खोजेको लालीगुराँस!त्यो लालीगुराँस,जसलाई पाउनुको अर्थमाम दर्जनौँ मृत्युहरूमा अनुवाद हुनसक्छुजसलाई एकआँखा नियाल्नुको अर्थमाम सयौँ जन्महरू अन्धतामै बिताउन सक्छुमेरो समग्र जिउँनुको सारस्वत दर्शन राखेर दाउमाम छिचोल्न खोजिरहेछुआफ्नै पाइतालादेखि तिम्रो त्यो गालासम्मको दूरीएकपछि अर्का ढुङ्गेपहराहरू लामबद्ध उभिइरहेछन् अवरोधमा।

पीडक स्मृतिहरूमा मैले छिचोलेकाअनाहक/अकारण छिचोलेका चौडा राजमार्गहरूदगुररिहेछन् आँखाअघिमैले हिँडेर पुग्नुपर्ने बाटोसायद त्यतै छोडिएको थियो।

र समेटिरहेछु एकसाथ आजपीडाबोधहरू : बाटाहरू हिँड्नुकापीडाबोधहरू : बाटाहरू नहिँड्नुकाबाटो !मैले हिँड्नुपर्ने बाटोसायद त्यतै छोडिएको थियो।