वैशाख : केही आशा निराशा

आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिचफेरि वैशाख आएको छ।सधैँसधैँझैँउही अप्रतीक्षित वैशाखउही अनिच्छित वैशाखफरक यत्ति हो–विगत वैशाख लछ्रप्प भिजेको थियोआलो रगतलेयो वैशाख हाँसिरहेछअनुहारभरि सुकेका रगतका टाटाहरू देखाएर।

आउनुनआउनुको तात्त्विक अर्थ नहुनुबिचफेरि वैशाख आएको छ।

चिसा मझेरीहरूमापहारिलो घाम बनेर आउन नसकेको वैशाखकलेटी ओठहरूमामुस्कान बनेर आउन नसकेको वैशाखफरक यत्ति हो विगत वैशाख समस्याहरू पछि लगाएरअघिअघि आएथ्योयो वैशाख समस्याजति अगाडि नै पठाइसकेरपछिपछि आइरहेछ।

आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिचफेरि वैशाख आएको छ।

एउटा शुभकामनाको पुलिन्दा च्यापेरवैशाख आगमनको आशमाखै! कति घिसार्ने हो ?जीवन नामको अदृश्य बोझलाईपर्खाइको भ्रमलाई चिरेरआशानिराशा थुम्थुम्याइरहेछु आफैँभरिसायद मेरो वैशाख आउँदैन ...!हैन, मेरो वैशाख अवश्य आउँछ ...!

आउनुनआउनुको ताङ्खिवक अर्थ नहुनुबिचफेरि वैशाख आएको छ।