मेरो गाउँ
यात्रामा यात्राहरूभन्दा परविचारमा विचारहरूभन्दा परविज्ञानभन्दा पर/त्रासभन्दा परदूर क्षितिजमा दन्त्यकथाजस्तोअवस्थित छ मेरो गाउँ।
परिश्रमका पहाडहरू चढेरपसिनाका नदीहरू तरेरकालरात्रिमा पनि उद्दीप्त हृदयचम्किरहेछ मेरो गाउँके तपाईँ मेरो गाउँ जानुहुन्छ ?
बैँसालु मेरी छोरीमनका धवल हिमगिरिहरूमा स्वच्छन्द नाच्छेमुग्धानायिकाझैँ तपार्इँलाई देखेर टोलाउलीउसका अबोध आँखाहरूमाअतृप्त रहरहरूको गथासो पढ्नुहोलाशून्य आँगनको डिलमाबुख्याँचाजस्तो ठिङ्ग उभिने आकृतिलाईदारिद्र्यको विज्ञापन नसम्झनुहोलाती मेरा बाबु हुन्ठाउँठाउँमा टालिएको गुन्युचौबन्दीराष्ट्रप्रेमभन्दा बाध्यता हो मेरी आमाकोभग्नपहिरनमा जस्केलाबाटअसजिलो चिहाउने मेरी श्रीमतीलाईअङ्गप्रदर्शनमा उभिएकी कुनै मोडल नसम्झिदिनुहोलानाङ्गैभुतुङ्गै आँगनमा माटो खेल्ने मेरो छोरोतपार्इँ र तपाईँको खल्तीको कलम देखेरविस्मित होला तपाईँजस्तै।
स्वागतमा हामीहृदयको द्वार खोल्न सक्छौँदुई वचन मीठो बोल्न सक्छौँके तपाईँ मेरो गाउँ जानुहुन्छ?