मन आन्दोलन
विपन्न मनस्थिति च्यापेरआर्त अलाप्दै छन् मनहरूसलहको एकछत्र शासनमासोत्तर भएका छन् खेतहरूआँखाले आँसु ओकल्न अस्वीकार गरेको परिवेशमाकेही मान्छेहरू घर सल्काएर हात सेक्न खोज्दै छन्म अजङको एउटा ढुङ्गा फुटाउँदै छुहेरौँ दैव भेटिन्छ कि।
शान्तिका नाममाजोडी परेवा उडाएपछि मान्छेबन्दुकमा बारुद भरिरहेछइतिहास अनुहारहरूलाईशान्तिका मर्मज्ञको लेपन लगाइरहेछ धमाधमत्रस्त छन् निर्वाध बास्न नपाएका भालेहरूबेरोकटोक चर्न नपाएका खसीबोकाहरू।
भत्केका मनहरू जोड्नु छ अबविषादका बोटहरू उखेल्नु छ अबहामी एउटा आन्दोलनमा लागेका छौँ आजभावनाहरूको सेतु जोड्ने आन्दोलनप्रेम र भ्रातृत्वको सञ्चार गर्ने आन्दोलनएउटा भिन्दै आन्दोलनमन आन्दोलन।