एउटा यस्तो माली
तिम्रो प्रेमको एब्स्ट्र्याक्ट परिबन्दमाआफ्नै जालोमा फसेको माकुरोजस्तै फसेको छु मर भोगिरहेछु यति बेलामायाको ग्यासच्याम्बर नियति।
भन्नेले त भनिदिएका छन्–प्रेममा पीडा पनि मीठो हुन्छहाम्रो त यस्तरी भत्कियो मन किप्रेममा पीडानुभूत गर्नुअगावैविकृतिको डरलाग्दो जङ्गेपिलर उभियो हामीबिचर अनास्थाको भयानक भूस्खलनमा भत्कियौँ हामीएउटा भत्किनै नहुने भत्काइ।
'तिमी' नामको बाँझो खेतमापरिश्रमी किसानजस्तै खनजोत गरेँ/गोडमेल गरेँ मैलेतर विडम्बना!नफुल्नुपर्ने एटटा फूल बेमौसममै फुलिदियोर प्रकारान्तरले त्यही फूलहामीबिच विभाजनको रेखा बनेर तन्किँदै गयो।
थाहा छ–फूललाई तिमी पनि माया गर्छ्यौ मजस्तैम पनि माया गर्छु तिमीजस्तैर पनि फूल हाम्रो जीवनको शोभा बन्न सकेन कहिल्यै।
एकाएक उपेक्षाका पहाड उभिए वरिपरिकमजोर फूल ओइलायो र झर्योएफूलको पीडामाफूलसँगै आफ्नो अस्तित्व तिरोहित गर्यौि तिमीले पनिर लाचार मबोट र फूलविनाको माली भएर अपराधबोधले ग्रस्त नियति भोगिरहेछु आजसम्म पनि।
तिम्रो प्रेमको एब्स्ट्र्याक्ट परिबन्दमाआफ्नै जालोमा फसेको माकुरोजस्तै फसेको छु मर भोगिरहेछु यति बेलामायाको ग्याँसच्याम्बर नियति।