मान्छे र मेरो वर्तमान
चितुवाहरू चिथोर्न खोज्दै थिएनिर्विकल्प मनहताश चिच्याइरह्योक ख ग घ... ...A B C D ... ...लिप्साहरू ज्युँदै मरेआँगन र मझेरीभरिएक हूल उपहासहरूडिस्को नाचिरहेऊटुलुटुलु हेरिरह्यो/मुस्कुराइरह्योकि पौषको चिसोसँगपौरुषमाथिको व्यङ्ग्यहास साट्यौ ?ए मान्छे !म प्रत्युत्तर खोजिरहेछु।
सुनाखरी र लालीगुराँसफुल्न बिर्सेछन् यसपालिपाखाभरि अहिलेयत्रतत्र छरिएका छन्राता रगतका छिर्काहरू।
मान्छे कमजोर काँधमाशनैः शनैःथपिँदै छ वेदनाको भारीआफन्तहरू हाँसिरहेछन् अट्टहासपराइहरू छर्किरहेछन्नुनिला सहानुभूतिक्रमशः चहर्याूउँदा घाउहरूमा।
पसिना निथारेर मादल पेटचिरन्तन बजाइरहेछ भोक धुननाङ्गा ढाडहरू उसैगरीदारिद्र्यको विज्ञापन गरिरहेछन्कति खुम्चनु हो अझैपीडाहरूको उत्तुङ शृङ्खला थप्दैटापले क्षतविक्षत बनाउँदै छातीसमय : घोडादौड दगुरिरहेछअझै पनि छोरोवीर पुर्खाकोगौरवशाली इतिहास पढिरहेछ।