गाउँहरू/बस्तीहरू
हल्लैहल्लाको कोलाज छिचोलेरसडक भेट्न आतुर छु मराता मान्छेराता भावनार राताराता समयका नदीहरूआफैँमा गतिशील छन्।
उत्तेजनाहरूबिचरक्तपोखरीमा अक्टोपस पौडनुको नियतिम हेर्दै छु सिक्त आँखाहरूलेघोर्ले स्यालहरू कौमार्य लुट्दै छन्कुसमय उर्लेका बैँसहरूक्षयग्रस्त खसिरहेछन् प्रतिपलगाउँहरूमा/बस्तीहरूमा।
अपलक लासनृत्य हेरिरहेछन् आँखाहरूकानहरू/समवेतमृत्युसुसेली सुनिरहेछन्म देख्दै छुमान्छे रुपान्तरणको रोमहर्षक परिदृश्यगाउँहरूमा/बस्तीहरूमा।
चीलहरू निर्विध्न शान्ति गाइरहेछन् यति बेलामान्छे स्वाभिमानमाअनवरत ढुङ्गा हानिरहेछन्एकसडक मान्छेहरूबिरसिला कालरात्रिहरूखै! कहिले पो निदाउन पाइयो र निर्द्वन्द्व ?अझै पनि उज्यालो पर्खिरहेछन्गाउँहरू/बस्तीहरू।
हरेक मान्छे हुनुको बोधमाधमाधम अवषाद् ओकलिरहेछन् मान्छेहरूकाकाकुल तिर्खाहरूघुट्क्याइरहेछन् रातो पानीढुङ्गा मनहरू पनिसहनशक्तिको बाँध फुटाइरहेछन् यति बेलागाउँहरूमा/बस्तीहरूमा।