मलाई हिउँ बन्न मन लाग्छ

मलाई हिउँ बन्न मन लाग्छर पग्लेर एक चुम्बनमा अंशुमालीकोखोचैखोच हुँदै बेसी झर्न मन लाग्छ।

मलाई हिउँ बन्न मन लाग्छकिनकि हिउँ मान्छेको मनजस्तो कालो हुँदैनहिउँमा मान्छेको जस्तो कुनैप्रलयकारी षड्यन्त्रको जालो पनि हुँदैनकसैलाई मायाको सपना बाँड्दैन हिउँधोखाको उपहार पनि दिँदैनअञ्जुलिभरि शुभ्र/सेता फूलहरू बोकेरहिउँले सधैँसबैको सुख र कल्याणको कामना गाइरहन्छमलाई हिउँ बन्न मन लाग्छ।

मान्छेले जस्तो भेषधारण गरेरहिउँले कसैलाई झुक्याएको देखेका छौ ?कि परपीडामा आनन्दित हुँदैमान्छेजस्तै विभोर भएको देखेका छौ हिउँलाई ?टेक्दामा अलिकता गोडा ठिहिर्या यो भन्दैमाहेर्दाहेर्दै पानी बनेर बिलायो भन्दैमाहिउँलाई कपटीको संज्ञा दियौ तिमीले ?के तिमीले हिउँलाई छातीमा टाँसेरयसको आत्मीयता आत्मसात गर्न खोज्यौ कहिल्यै ?पग्लनु हिउँको स्वभाव हो' भनेरहिउँलाई हिउँको रुपमा स्विकार्यौय तिमीले ?सधैँसधैँ मान्छेभन्दा अरु केही हुन नसक्ने तिमीलेआफूबाट मान्छेलाई फुकालेरहिउँमा रुपान्तरण गर्न खोजेका छौ?सक्छौ भने आऊ!एउटा सुखद् बोधको अनुभूति साटासाट गरौँआऊ एकैछिन हामी हिउँ बनेर हेरौँहिउँ बनेर पग्लिऔँ रपानी बगेर हेरौँ।

मलाई हिउँ बन्न मन लाग्छर पग्लेर एक चुम्बनमा अंशुमालीकोखोचैखोच हुँदै बेसी झर्न मन लाग्छ।