कविता लेख्नै परेन यसपालि
कविता लेख्नै परेन यसपालिशोकमा आँसुसँगै बग्यो कविताजम्यो/पोखरी बन्योपीडामा पीडासँगै मुर्त्यो कवितादुर्बोध किरिङमिरिङको सादृश्य आकार बन्योविडम्बनाभोकमा भुटेको मकैसम्म बन्न सकेनसुन्दर भोकमै अभाव गाइरह्यो कविता।
कविता लेख्नै परेन यसपालिभएको पनि खोसिँदाकायरताको डङ्गुरमा रुपान्तरण भइरह्योर वाचन गरिरह्यो कविताअकिञ्चनका आर्तहरूपाएको पनि गुमाउँदाअभावकै आकृति बनेर उभिइरह्यो कवितार पर्खिरह्योपाठकहरूको जमातविडम्बनाविद्रोहमा एउटा औँलोसम्म भएर उभिन सकेनअन्यायलाई अन्यायकै रुपमा पचाइरह्यो कविता।
कविता लेख्नै परेन यसपालिउजाड सिउँदो र रित्तो काखमाचट्याङ खसेको आवाजझैँ ध्वनित भइरह्यो कविताछहारीहीन अश्रुसिक्त अनुहारहरूमाअपूरणीय आहत बनेर बिम्बित भइरह्यो कविताविडम्बनासान्त्वनाका शब्दसम्म बन्न सकेनओठहरूमा फगत्शोकगीत बनेर गुन्जिरह्यो कविता।
हो कविता लेख्नै परेन यसपालिलेख्नै पर्दो हो तभोकशमनको नाममाएकघान मकै लेखिन्थ्यो होला कवितामामुक्ति परिवर्तनको नाममाअलिकति भए पनि क्रान्ति लेखिन्थ्यो होला कवितामाकेही नभएसान्त्वनाका दुई शब्दसम्मै त लेखिन्थ्योसत्ते हजुर!कविता लेख्नै परेन यसपालि... लेख्नै परेन ... ...।