मैले लेख्न खोजेको कविता

प्रभाती सूर्यको एक टुक्रा काटेरमाथिल्लो कुनामा राख्छुअर्कोपट्टि कुनामा सजाउँछु–एउटा हँसियाजस्तै सुन्दर अर्धचन्द्रमहलजस्ता झुप्राहरू बनाउँछुसन्तुष्टिको आभाले सम्पन्न झुप्राहरू–हरेक साँझबिहान जहाँबाट–बादलका धर्साजस्तै धुँवाको कोलाज उठोस् आकाश छुनघरभित्र मान्छे हुन्मान्छेभित्र मनमनभित्र भावनाभावनाभित्र आत्मीयताको रङरोगन होस्र सानै भए पनि थुम्को होस् स्वाभिमानको–एउटा अडिग थुम्कोयत्ति त हो!यस्तै कविता लेख्न खोजिरहेछु म आजकल।

बारीको कान्लामा बकाइनुको रुखपश्चिम ढल्केको लामो हाँगामासधैँभरि त्यसैगरी बसिरहून् जोडी ढुकुरसाइँलादाइ र भाउजूको दाम्पत्यजस्तैघाँसदाउरा अनि दाउराघाँस गर्नसधैँ बोलाइरहून् कोइलीका भाकाहरू पारि पाखाबाटगोधूलिमा कलिला सालका पोथ्राबिच लुकामारी खेल्दैबिदाइको हात हल्लाइरहोस् पहेँलो सूर्यअर्को बिहान सखारै ओर्लने वाचा गर्दैबस्तीमा दौडिरहून् नाङ्गा नानीहरू–सभ्यताको आदिम दौडघरभित्रको मान्छे नफेरियोस् आँगनमा निस्कँदाउस्तै रहिरहोस् बाटो छिचोल्दै चोकसम्म पुग्दाअनि फेरि घरसम्मै फर्कँदाछोरीबहिनी उस्तै देखियून्– घरमा जस्तैआत्मीयता उसैगरी आभासित भइरहोस्घर–आँगन–बाटो–चोकहरूमामन–मुटु–माया–भावनाहरूमा।

चुल्ठोमा सिउरेको लालुपाते आभालेलालिमा छाओस् मुहार, परिवार अनि गाउँबस्तीमागन्तव्यतर्फका अविराम/अडिग पाइलाहरूबढिरहून्... बढिरहून्अर्थ्याउनु नपरोस्बुझाउनु नपरोस्सुनाउनु नपरोस्आफैँ अर्थियोस्आफैँ बुझियोस्आफैँ सुनियोस्हो !यस्तै कविता लेख्न खोजिरहेछु म आजकल।