काव्यपथका यात्रीहरू
ढाकरमा अक्षर र शब्दहरूको भारी बोकेरमनदेखि मनसम्मको यात्रामाअविराम हिँडिरहन्छनकाव्यपथका यात्रीहरू।
काव्यपथका यात्रीहरूलाई फूल मन पर्छ–मान्छेको गालामा चाउरीझैँ फुलेका फूलहरूझरना मनपर्छ–मान्छेआँखाबाट खस्ने हर्षाश्रुका झरनाहरूयात्रीहरूलाई सौन्दर्य मन पर्छमुहारदेखि मनको क्षितिजसम्म विस्तारित अप्रतिम सौन्दर्य।
पोखिएर ढाकरबाट छाँटछाँटका शब्दहरूअनुभूतिहरूको जुलुस निस्कन्छर बग्छ कलात्मक काव्यहरफहरूको नदी–शुभ्र कागजी मैदानहरूमाकमलो मन भएका भावुक मान्छेहरूको जमातपौडन्छ र पौडिरहन्छ आनन्दातिरेकलेकाव्यनदीको प्रवाहमा अनन्तअनन्तसम्म... ...।
काव्यपथका यात्रीहरूआफैँ काव्यझैँ बग्छन् नदी भएरर भिजाउँछन् असङ्ख्य धाँजा फाटेका मनहरूहावामा वासन्ती सुगन्ध छर्दैनिर्बाध घुम्छन्/निर्बन्धर सञ्चरित गर्छन् जीवनकाव्यपथका यात्रीहरू ... ...।
खै किन हो?बेलाबेलामा मैमत्त भुस्तिघ्रेहरूको एउटा जमातनदीको प्रवाह बाँध्न खोज्छहावाको बहाव रोक्न खोज्छर बिथोल्न खोज्छ काव्यपथका यात्रीहरूको अनन्त यात्रा
थाहा छैन कहिले बुझ्छ ऊ–ढाकरमा अक्षर र शब्दको भारी बोकेरमनदेखि मनसम्मको यात्रामाअविराम हिँडिरहन्छनकाव्यपथका यात्रीहरू।