चौतारोमा उभिएर

भग्न चौतारीको छेवैबाटरक्तमुच्छेल घोडाहरूआलस्य हिँडिरहेछन्पिठ्युँमा ससाना बुद्धहरू सवार छन्थाहा छैनकहाँ जाँदै छन् सँगसँगैसपनाहरू : आफ्नै आँखाबाटभावनाहरू : आफ्नै मनबाट।

विश्वासको सङ्कट छ सर्वत्रअबोध सानी छोरी सोध्छे–बाबा! फेरि लालीगुराँस फुल्ला त !उत्तरमा पाखाभरि ओच्छिन्छन्प्रश्नात्मक आँखाहरूअनाहकमै एउटा दारुण दृश्य बोक्नुपर्छ आँखाहरूलेगुराँसका पोथ्राहरू खङ्ग्रङ्ग सुकेका छन्रगतका फाल्साहरूपाखाभरि फुलेका छन् बदलामाउफ् यो बीभत्स परिवेश !छोरी, खै के उत्तर दिऊँ तिमीलाई ?अलिअलि आफैँ समयबोध गर्दै छु मकठै! कहाँ पो टेकून् बुद्धहरूले पाइला?कुन आकाशमा स्वच्छन्द उडून्सेता परेवाका बथानहरू?झूटा आश्वासनहरूमाकति पो बौरिरहन सक्छन् र सपनाहरू?अभिशप्त मझेरीमा कति पो थन्किरहन सक्छन् र भावनाहरू ?सोचको चौतारीमा उभिएरहेर्दै छु अपलक/यति बेला म... ... ...

भग्न चौतारीको छेवैबाटरक्तमुच्छेल घोडाहरूआलस्य/हिँडिरहेछन्पिठ्युँमा ससाना बुद्धहरू सवार छन्थाह छैनकहाँ जाँदै छन् सँगसँगैसपनाहरू : आफ्नै आँखाबाटभावनाहरू : आफ्नै मनबाट।