कवितापीडा
कविता लेख्न खोज्दावर्तमान लम्पसार पर्योि डायरीका पानाभरिनिरीह कलम वमन गरिरह्योएकपछि अर्का वेदनाका छालहरू... ...।
तिमीले उपहार दिएको डायरीमा त्यति बेला मकविता लेख्न खोज्दै थिएँ।
हेर्दाहेर्दै डायरीका पानाहरूससाना रगतका पोखरीमा रुपान्तर भएअचम्मलाग्दा लिलिपुट मान्छेलासहरू पौडी खेल्न थालेछप्ल्याङ ... छप्ल्याङ ... पोखरीमा।
तिमीले उपहार दिएको डायरीमा त्यति बेला मकविता लेख्न खोज्दै थिएँ।
तिमीलाई त मान्छेका कविता मन पर्छमान्छेगालामा टाँकी र चुवाहरू फुलेका कविता मन पर्छत्यसैले एकाएक रोकेँ मैले कवितासँगको मेरो सहयात्रातिमी नै भन !कविताका नाममा अझै कति लासहरूको खेती गरुँ म ?कति लेखौँ विक्षत वर्तमानकाअक्षत विसङ्गतिहरू/दुर्नियतिहरू ... ...।
कलमविरोधीहरू भाला बोकेर आउँछन् बस्तीमाशब्दहरू पहरेदार भएर उभिन्छन् पहाडझैँयुगीन अन्धकार घनीभूत भएरजब सुकोमल शब्दव्यञ्जित भावमाथि बलात्कार गर्न खोज्छथाहा छ तिमीलाई?कति पीडक अनुभूति सञ्चार हुन्छ कविमनमा?
फेरि पनि मान्छेकवि हुनुका हरेक बोधसँगैसल्बलाउँछन् भावनाहरू कविमान्छेमार मान्छेमनका अचेतन आवरणहरू चिरेरटुसाइरहन्छन् दुबोजस्तै कविताका मुनाहरू ... ...।
साँच्चै! तिमीले उपहार दिएको डायरीमा यति बेला मकविता लेखिरहेको छु।