घाम : आगमनको कामना
अनकन्टार गुफाबाट निस्किएर पराई घामपछ्याउँदै मान्छेपाइलाका डोबहरूबस्ती पस्छर विस्तीर्ण छरिन्छ–चोटा, कोठा र आँगनभरिबार्दली, मान्छे र मनभरि।
एक चौटा घामकविको कवितासँगै मिसिएररातो, सेतो, पहेँलो, नीलो... सबै रङमा रङ्गिन्छघाम संलाप बन्छ/विलाप बन्छकविले थाहै नपाई घाम कवितासँगै एकाकार हुन्छकविले चिन्दैनचिनेको घामलेउजेलिन्छ कविको कविता।
घाम मुस्कान बनेरकलेटी ओठहरूमा रमाउँछघाम सान्त्वना बनेरछियाछिया मनहरूमा चल्मलाउँछघाम कहर बनेरमान्छेमाथि बजि्रएको देखेका छौ कहिल्यै?सर्वे भवन्तु सुखिनःघाम सधैँ सृष्टि र सिर्जनाका गीतहरू गाइरहन्छ।
केही काल भयोहाम्रो आत्मीय घाम हराएकोबस्ती सुनसान छ/मान्छे उदासक्रमशः संस्कारित भइरहेछनएकपछि अर्का कुसंस्कारहरूए मान्छेहो!तिमीहरूले हाम्रो घाम देख्यौ कि ?भनिदेऊ हाम्रो आत्मीय घामलाई–उसको पुनरागमनको बदलामाजस्तोसुकै मूल्य चुकाउन तयार छौँ हामीघाम आगमन कामनाको बिस्कुन सुकाएरनिराश्रित मनभरिभरिकामना गरिरहेछैँ हामीअनकन्टार गुफाबाट निस्कियोस् पराई घामपछ्याउँदै मान्छेपाइलाका डोबबस्ती पसोसर विस्तीर्ण छरियोसचोटा, कोठा र आँगनभरिबार्दली, मान्छे र मनभरि... ... ...।