कविता लेखिरहेको कवि
जुनेली रातलेआफ्नो पूर्ण यौवनमा फक्रिएरविपुल कौमार्य पस्किरहेको बेलाकविपोइला गएकी स्वास्नी सम्झेरकविता लेखिरहेको छ।
रेडियो झ्याउरे/सोरठी जान्दैनटेलिभिजनलाखे/मारुनी नाच्दैनह्विस्कीविज्ञापन हेरेरलोकल ठर्राको गिलास सुम्सुम्याउँदै कविकविता लेखिरहेको छ।
चौबन्दी/फरिया छैनमुहारमा लाज/लालिमा छैनव्यस्त सडकभरिअर्धनाङ्गा तरुनी अङ्गहरू हेर्दैकविकविता लेखिरहेको छ।
कविलेशब्द आँसु बहाएरएक पेट खान मागेको थियोएकसरो लाउन मागेको थियोव्यथाका गाथा गाएरमान्छेको बस्तीमा आउन मागेको थियोचुहिएका मनका छानाहरूछाउन मागेको थियोमान्छे भएरमान्छेको सहभावमामान्छेकै गीत गाउन मागेको थियोविडम्बना कविलेन खान पायो न लाउन पायोन मान्छे भएरमान्छेको बस्तीमा आउन पायोकवि भएर त कविलेभएको पनि गुमायोपाएको पनि हरायो।
आज पनि विषादपूर्ण अनुहारभरि मृत्युयाचना बोकेरकविनिरन्तर कविता लेखिरहेछअहर्निश कविता लेखिरहेछ।